परिचय
स्वास्थ्य तालिम केन्द्र कोशी प्रदेश, धनकुटाको स्थापना बि.स. २०७५ सालमा भएको हो । जसको उद्देश्य कोशी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयका सम्पूर्ण तालिमहरूको समन्वय र व्यवस्थापन गर्नु हो। यस केन्द्रले समग्र प्रादेशिक स्वास्थ्य तालिम आवश्यकताहरू सम्बोधन गर्दछ र संघीय मन्त्रालय, विभाग, महाशाखा तथा केन्द्रहरूको क्षमता अभिवृद्धि आवश्यकताहरूलाई वार्षिक रेड बुक कार्यक्रमअनुसार पूरा गर्दछ । जसले कोशी प्रदेश तथा नेपाल सरकारद्वारा envision गरिएका अवधिक लक्ष्यहरू प्राप्त गर्न योगदान पुर्याउँछ। यसले राष्ट्रिय स्वास्थ्य तालिम रणनीति २००४ अनुसार तालिम योजना बनाउने र सञ्चालन गर्ने कार्य गर्दछ।
उद्देश्य (Goal)
प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवा प्रदायकहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमताको विकास गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र जनस्वास्थ्य स्तरलाई उच्चतम अवस्थामा पुर्याउने।
विशेष उद्देश्यहरू (Objectives)
-
प्रादेशिक स्वास्थ्य प्रणालीको आवश्यकताअनुसार तालिम अध्ययन स्रोत सामग्रीहरू (Trainer"s Guide, Participant"s Handbook, Reference Manual) लाई मापदण्डमा ल्याउने।
-
कोशी प्रदेशको आवश्यकतालाई सम्बोधन गर्न स्वास्थ्य तालिमहरू आयोजना गर्ने र सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गरी स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान गर्ने।
-
राष्ट्रिय तथा प्रादेशिक मापदण्डअनुसार विभिन्न संयन्त्रहरूमार्फत तालिम गतिविधिहरूको गुणस्तर सुनिश्चित गर्ने र कोशी प्रदेशभित्रका तालिम केन्द्रहरूको क्षमता अभिवृद्धि गर्ने।
-
नविन र प्रभावकारी तालिम पद्धतिहरू अवलम्बन तथा प्रवर्द्धन गर्ने।
-
तालिम पछिको अनुगमन, सहयोग तथा मूल्यांकन संयन्त्रलाई सुदृढ बनाउने।
रणनीतिहरू (Strategies)
-
तालिम गतिविधि तथा तालिम केन्द्रहरूको मूल्यांकन, मापदण्डीकरण तथा मान्यताको प्रक्रिया अगाडि बढाउने।
-
तालिम सामाग्रीहरू विकास तथा मापदण्डमा ल्याई संघीय सरकारलाई अन्तिम मान्यता र राष्ट्रिय प्रयोगका लागि सिफारिस गर्ने।
-
तालिम केन्द्रहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने।
-
प्रादेशिक आवश्यकताअनुसार पूर्व-सेवा, अभिमुखीकरण, पुनर्ताजगी, छोटो तथा दीर्घकालीन तालिम सञ्चालन गर्ने।
-
तालिम गतिविधिहरूलाई समायोजन र संस्थागत बनाउने।
-
व्यावसायिक करियर विकास गर्ने संस्थाहरूसँग सहकार्य गर्ने।
-
तालिम सूचना व्यवस्थापन प्रणाली (TIMS) सुदृढ गर्दै सहभागिता दोहोरिनु (duplicacy), अनुपस्थिति (absenteeism) जस्ता समस्याहरू न्यूनीकरण गर्ने र प्रदेश स्तरमा प्रशिक्षक समूह (trainer"s pool) विकास गर्ने।
मुख्य कार्यहरू (Key Functions)
-
प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मीहरूको तालिम आवश्यकता मूल्यांकन गर्ने र कार्यक्रमगत आवश्यकताअनुसार तालिम योजना बनाउने।
-
कार्यक्रमअनुसार स्वास्थ्यकर्मीहरूलाई तालिम योजना बनाई कार्यान्वयन गर्ने।
-
तालिम कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले अध्ययन सामग्रीहरू डिजाइन, विकास तथा परिमार्जनसम्बन्धी सिफारिस गर्दै राष्ट्रिय तालिम प्रणालीको पुनरावलोकन गर्ने।
-
प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा गुणस्तरीय तालिम सञ्चालन गर्न सक्षम बनाउने।
-
स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयहरूलाई क्षमता विकास सम्बन्धी गतिविधि सञ्चालन, कार्यान्वयन तथा मूल्यांकनमा सहयोग गर्ने।
-
सबै बाह्य विकास साझेदारहरूसँग समन्वय गरी तालिमहरूमा दोहोरोपन (duplication) हटाउने र गुणस्तर सुधार गर्दै तालिमहरूलाई कोशी प्रदेश भित्र उचित रूपमा प्रवाह गर्ने।
-
नयाँ नियुक्त स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य कार्यक्रमसम्बन्धी अभिमुखीकरण प्रदान गर्ने।
-
कोशी प्रदेशभित्र तालिम कार्यक्रमहरूको अनुगमन, सुपरिवेक्षण, पछ्याई तथा मूल्यांकन गर्ने।
-
तालिमको प्रभावकारिता र कार्यक्षमता सुधार गर्न सञ्चालनमूलक अध्ययनहरू गर्ने।
-
आवश्यकताअनुसार अन्तर-प्रादेशिक तालिमहरू आयोजना गर्ने।
-
प्रदेश, जिल्ला तथा स्थानीय तहमा सञ्चालन गरिएका सबै तालिम कार्यक्रमहरूको गुणस्तरीय अभिलेख तथा प्रतिवेदनका लागि तालिम सूचना व्यवस्थापन प्रणाली (TIMS) कायम गर्ने।